११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सानेपामा सामूहिक बलात्कारको प्रयासमा ३ जनाविरुद्ध जाहेरी दर्ता - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

सानेपामा सामूहिक बलात्कारको प्रयासमा ३ जनाविरुद्ध जाहेरी दर्ता

ललितपुर। ललितपुरको सानेपामा एक महिलामाथि असार महिनाको ३१ गते सामूहिक बलात्कारको प्रयास भएको छ । बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीमा जाहेरी दर्ता समेत भएको छ ।

Nepal Himalayas Tours and Travel

रौतहट घर भएकी उक्त महिला सानेपास्थित श्रीमानको डेरा कोठामा बस्दै आएकी थिइन र उक्त दिन साँझ ७ बजेतिर कोठामा आइपुग्दा देवर मात्रै भएको उनको दाबी छ। श्रीमान् भने काममा थिए । त्यसपछि अर्का दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कारको प्रयास भएको उनको दाबी छ । बलात्कार प्रयास गर्नेलाई आफ्ना देवरले समेत सहयोग गरेको उनको आरोप छ ।

पीडित महिलाका देवरका साथै रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका अन्दाजी २२ वर्षका बिपुल यादव समेत गरेर तीन जना व्यक्तिले आफूमाथि बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ ।

बलात्कारको प्रयास भएका बेला प्रतिकार गर्दा शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको उनले बतायिन । घटना भएको एक महिना भैसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको उनको गुनासो छ ।

पीडितको मेडिकल जाँच समेत भैसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

६ साउनमै जबरजस्ती करणी उद्योगको कसुरमा जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए । आरोपितहरुको फरार भएकाले खोजीको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button