७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महोत्तरीमा आफ्नै श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

महोत्तरीमा आफ्नै श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या

महोत्तरी। महोत्तरी गाउँपालिका–१ सोनुखडामा कुटपिटबाट श्रीमतीको हत्या भएको छ।

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताए।

Nepal Himalayas Tours and Travel

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए। समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनापछि फरार भएका हबिबको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button