११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गृहका सहसचिवको सरुवाः चार जना बाहिरिए, पाँच जना भित्रिए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

गृहका सहसचिवको सरुवाः चार जना बाहिरिए, पाँच जना भित्रिए

चितवन। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिडिओसहित गृहका चार सहसचिवहरुको अन्यत्र सरुवा गरेको छ ।

जसमा तीन जिल्लाका सिडिओ हटाइएका छन् । सिन्धुपाल्चोकका सिडिओ भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अर्घाखाँचीका सिडिओ सूर्यबहादुर खत्रीको श्रम मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने गरी परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

Nepal Himalayas Tours and Travel

खनालसहित गृहका झक्क प्रसाद आचार्यलाई महावाणिज्यदूत बनाउन परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । आचार्य गृहको कर्मचारी नीति महाशाखामा कार्यरत छन् ।

राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा.टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा भएको छ । गृहले काठमाडौंसहित दर्जन जिल्लाका सिडिओको सरुवाको पनि तयारी गरिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button