२ जेष्ठ २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ललितपुरको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुँदै
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारसफलताको कथासुरक्षा/अपराध

ललितपुरको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुँदै

ललितपुर। ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ। जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो। हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ।

Nepal Himalayas Tours and Travel

राणाकालीन संरचनाको अदालत भवनको अवस्था निकै नाजुक छ । सबै ढोका अहिले बन्द अवस्थामा छन् ।

जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ। जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी शारदा शिवाकोटीका अनुसार उक्त भवन भारतीय दूतावासको सहयोगमा निर्माण हुने प्रक्रियामा छ । उनले भने, ‘ऐतिहासिक अदालत भवनको पुनःनिर्माण भारतीय दूतावासको सहयोगमा निर्माण हुने भएको छ । वि.सं १९९०को भूकम्प अगाडिको सो भवन तीन तलाको रहेको देखिएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको छ ।

भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उनले बताए। ‘हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ। अबको केही दिनमा काम सुरु हुन्छ,’ सूचना अधिकारी पाठकले भने।

जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ। भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्त्व विभागले जनाएको छ।

पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरूपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।

उनले भनिन्, ‘मैले हुलाक कार्यालयमा जागिर खाएको करिब २८ वर्ष पुग्यो । अब यो भवन भत्काएर पुनः निर्माणको प्रक्रियामा छ भन्ने सुनेको छु । हाम्रो इलाका हुलाक कार्यालय कहाँ सर्छ थाह छैन ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button