पशुपतिको कोटिहोममा अन्तिम रात(हिजो) प्रहरी हस्तक्षेप, मध्यरातमा झडप
चितवन । प्रहरीले हस्तक्षेप गरेको विरोधमापशुपतिको कोटिहोममा हिजो मध्यरातसम्म चर्को भाषणबाजी भएको पाइएको छ ।
कोटिहोम आयोजक विजय भण्डारीका समर्थकले सरकार र प्रहरी बिरुद्ध चर्को भाषणबाजी गरेका हुन् ।
साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो। कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।
भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपात समेत गरेका छन् । प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।
प्रहरी फर्केपछि समर्थकहरूले भाषण गरिरहेका थिए। धार्मिक क्षेत्रमा घुसेर प्रहरीले हातपात गरेको उनीहरूको आरोप छ । सम्पूर्ण हिन्दुहरू एक हुन आह्वान गरिएको छ ।
त्यसअघि भण्डारी स्वयम्ले भड्काउ अभिव्यक्ति दिएका थिए । उनले शपशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बंगलादेशजस्तो बनाइदिने चेतावनी दिए ।
प्रहरीले भण्डारीलाई रातारात पक्राउ गर्न खोज्नुको कारण खुलेको छैन । कोटिहोमको अन्तिम रात प्रहरीले यसरी हस्तक्षेप गरेको हो ।