२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सर्लाहीमा १९५० पिस एम्पुल (लागु औषध) सहित पक्राउ, पुर्पक्षको लागी कारागार चलान
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सर्लाहीमा १९५० पिस एम्पुल (लागु औषध) सहित पक्राउ, पुर्पक्षको लागी कारागार चलान

चितवन। सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला धनुषा बटेश्वर गा.पा.वडा नं. ४ बस्ने सुबध दासको छोरा बर्ष ३७ को राम प्रसाद दास भएको खुलेको छ।

Nepal Himalayas Tours and Travel

मिति २०८१।०३।०१ गते जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. १७ स्थित पुर्व पश्चिम सडक खण्डमा प्रतिबन्धित लागु औषध बिक्री बितरण भइरहेको भन्ने बिषेश सुचनाको अधारमा यस इलाका प्रहरी कार्यालयाट चेकजाँच गर्न खटिएका थियो।

उक्त खबरको आधारमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ शंकास्पद रुपमा तिब्रगतिमा आइरहेको मधेश प्रदेश ०२-००६ प २०५७ नम्बरको RTR 160 Apache निलो रंगको मोटरसाईकल लाई रोक्न खोज्दा चालक फरार भएका थिए।

प्रहरी टोलीलाई देख्नासाथ निजहरुले साथमा ल्याएको कालो ब्याग र पहेलो रंगको नाईलनको झोला समेत फाली फरार (तत्काल नाम थर वतन नखुलेको ) भएका हुन्। उक्त व्याग र झोला कानुनी रितपुर्वक खोली हेर्दा प्रतिवन्धित लागु औषध NOOPHIN जम्मा १००० एम्पुल र PHENERGAN 2ML लेखिएको ९५० एम्पुल गरी जम्मा १९५० एम्पुल लागु औषध फेला पारी रितपुर्वक बरामद गरी घटनाका सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान शुरु गरिएको उक्त इलाका प्रहरी कार्यालय प्रमुखले जानकारी दिए।

प्राप्त प्रमाणहरुको आधारमा उक्त घटनामा संलग्न व्यक्तिलाई खोजतलास लगभग १ महिना चलेको प्रहरीले जनाएको छ। खोजतलास गर्ने क्रममा वारदात पश्चात् फरार रहेका जिल्ला धनुषा बटेश्वर गा.पा.वडा नं. ४ बस्ने सुबध दासको छोरा बर्ष ३७ को राम प्रसाद दासलाई घुमफिर गरी रहेको अवस्थामा फेला परेका हुन्। फेला परेका उक्त दासलाई कानुन बमोजिम पक्राउ गरी लागु औषध मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालतमा पेश हुँदा मिति २०८१/०४/३० गतेको आदेशले निज प्रतिवादी राम प्रसाद दासलाई पुर्पक्षको लागी कारागार पठाइएको छ।

उक्त प्रतिबन्धित लागु औषध ओसार पोसार र बेच बिखनको मुख्य नायिकेको सम्बन्धमा आवश्यक अनुसन्धान चलिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button