१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राजेन्द्र लिङदेन: शान्ति प्रक्रियामा भूमिका खेलेबापत राजालाई पुरस्कार गर्नुपर्थ्यो
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसफलताको कथासुरक्षा/अपराधसूचना / प्रबिधि

राजेन्द्र लिङदेन: शान्ति प्रक्रियामा भूमिका खेलेबापत राजालाई पुरस्कार गर्नुपर्थ्यो

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताएका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताए।

Nepal Himalayas Tours and Travel

उनले कसरी टुंग्याउने भन्नेकुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए। उनले द्वन्द्व कसका कारण र कसका लागि भयो? भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्नेकुरा मान्य नहुने बताउनु भयो। त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने बताए।

उनले भने,‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने कुरा गर्दछौँ । त्यसबेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुंग्याउने भन्नेकुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व ग¥यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र बिद्रोह, कसैले हिंसात्मक बिद्रोह भने हुन्छ।’

उनले थपे,‘तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा बिद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रुपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ।’

अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाउनु भयो । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालिन राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताए।

आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने लिङदेनको भनाइ छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button