एलन मस्कले लिएको डोनाल्ड ट्रम्पको अन्तरवार्तामा के के मात्र भनेनन्
चितवन। खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको अन्तरवार्ता लिएका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्स (पुरानाे ट्वीटर)मा फर्किएका छन्।
उनले राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको अन्तरवार्ता लिएका छन् । एलनले ट्रम्पको हत्या प्रयासको घटनाबाट कुराकानी सुरु गरेका थिए। आफ्नो अनुभवको बारेमा विस्तृत कुरा गर्नुअघि ट्रम्प हाँस्न थाले। उनले यो सुखद नभएकाे बताए।अन्तर्वार्तामा मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरे।
ट्रम्पले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । उनले सामाजिक सञ्जाल एक्समार्फत् ट्रम्पको अन्तरवार्ता लिएका हुन् । यो अन्तरवार्ता निर्धारित समयभन्दा अलि ढिलो शुरु भएको बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ।
२० मिनेटअघि नै धेरै प्रयोगकर्ताहरूले एक्सको प्रत्यक्ष प्रसारणमा पहुँच राख्न खोज्दा दुबै जनाको वार्तालाप ढिलागरि शुरु भएको थियो ।मस्कले भने ढिला शुरु हुनुमा साइबर हमलालाई दोषी ठहर्याएका छन् ।मस्कले यो अवरोधलाई साइबर हमला भनेता पनि अडियो वार्तालापमा प्राविधिक समस्या के कारणले भयो वा कथित आक्रमणको पछाडि कसको हात रहेको हुन सक्छ भन्ने स्पष्ट भएको छैन।
दुई जना बीचको अन्तरवार्ता निक्कै रोचक छ । अन्तरवार्ता शुरु गर्नुअघि दुबै जना हाँसेका थिए ।अन्तरवार्ताको शुरुवात चाहिं ट्रम्पको हत्या प्रयासको घटनाबाट भएको थियो । अन्तरवार्ताका क्रममा ट्रम्पले मस्कलाई सबै रेकर्ड तोडेकोमा धन्यवाद दिएका थिए।
सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई एक्स प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो। एक्समा ट्रम्पका ७.५ मिलियन फलोअर्स छन् । योसँगै उनी एक्समा फर्किएका छन् । दुई घण्टा लामो अन्तरवार्ताको अन्त्यमा,उनले रिपब्लिकन अभियानलाई समर्थन गर्न मतदाताहरूलाई आह्वान गरेका थिए ।
विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति राष्ट्रपति जो बाइडेनको भए पनि उनले टेस्लालाई स्पष्ट रूपमा बेवास्ता गरेकोमा मस्कको चित्त दुखाइ छ ।सन् २०२१ मा ईभीसम्बन्धी ह्वाइट हाउसमा भएको सम्मेलनमा ईभी बजारमा उल्लेख्य हिस्सा ओगट्ने टेस्लालाई भने निम्ता गरिएको थिएन । सोही बेलादेखि मस्क बाइडेनप्रति थप नकारात्मक बन्दै आएको अनुमान छ ।
कमला ह्यारिसको बारेमा के भने?
“अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार र उपराष्ट्रपति कमला ह्यारिसको बारेमा पनि कुरा गरे। ट्रम्पले कमला ह्यारिसको आलोचना गरेका थिए। उनले डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार बनेपछि ह्यारिसले अहिले दिएजस्तो अन्तर्वार्ता नदिएको बताए।”
मस्कसमेतका टेक-अर्बपतिहरूको समर्थन पाइरहेका ट्रम्पले ईभीभन्दा डिजेल र पेट्रोलमा चल्ने पराम्परागत सवारीलाई प्रवर्द्धन गर्ने आशयको भाषण गरेपछि प्रविधि क्षेत्र चाहिं यतिखेर तरंगित छ ।
मस्कले ट्रम्पको चुनावी अभियानलाई मासिक ४५ मिलियन डलर चन्दा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मस्कलाई विश्वकै प्रभावशाली अर्बपति बनाउन महत्वपूर्ण हिस्सा रहेको टेस्लाको बजार प्रतिकुल हुने गरी अभिव्यक्ती दिएका ट्रम्पलाई मस्कले आखिर किन यतिविघ्न समर्थन गरिरहेका छन् ? अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सका अनुसार ट्रम्पले ईभीमैत्री कानून उल्ट्याए नै पनि टेस्लालाई ट्रम्प राष्ट्रपति हुँदा फाइदा नै हुन्छ ।
‘ईभीका लागि अर्को ट्रम्प कार्यकाल समग्र रुपमा नकारात्मक हुनेछ’, अमेरिकी बजार विज्ञ ड्यान इभ्सको विश्लेषण छ, ‘ईभीलाई दिइने सहुलियत हट्नेछ भने चिनियाँ कार निर्माता बीवाईडीले बिक्री गर्ने ईभीमा १०० प्रतिशत कर लगाउने ट्रम्पको प्रतिबद्धता छ ।
तथापि, ट्रम्पको जित अमेरिकाको सबैभन्दा ठूलो ईभी बिक्रेता टेस्लालाई भने सकारात्मक नै रहनेछ । चर्को करका कारण बीवाईडी र नियो कार अमेरिकी बजारबाट हट्दै गएपछि टेस्लाकै बजार चम्किने हो ।
बाइडेनलाई जिम्मेवार ठहर्याए :
ट्रम्पले बाइडेन राष्ट्रपति नभएकाे भए रुसले युक्रेनमा आक्रमण नगर्ने बताए। यसबारे मस्कले ट्रम्पलाई उनले सही कुरा गरेकाे बताएका थिए। ट्रम्पले भने, ’मेराे पुटिनसँग निकै कुरा मिल्छ र उनले मलाई सम्मान गर्छन्।’ उनले पुटिनसँग बारम्बार कुरा गरेको पनि बताए।
जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो। एक्स र फेसबुकजस्ता धेरै सोशल मिडिया प्लेटफर्महरू प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशल सुरु गरेका थिए। यहाँ ट्रम्पका ७५ लाख फलोअर्स छन्। जबकि एक्समा उनलाई ८८ मिलियन मानिसहरूले पछ्याउँछन्।