रामदेव र बालकृष्णलाई राहत, पतञ्जलि प्रकरणमा अवहेलना मुद्दा बन्द
चितवन। रामदेव र बालकृष्णलाई भारतको सर्वोच्च अदालतले पतञ्जलि प्रकरणमा अवहेलना मुद्दा बन्द गर्दिएको छ। भारतको सर्वोच्च अदालतले पतञ्जली लिमिटेडका संस्थापक बाबा रामदेव तथा प्रवन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।
पतञ्जली आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई औषधि तथा जादुई उपचार ऐनको उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो । अदालतले कम्पनीलाई भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो । यस प्रकरणमा सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गरेको थियो ।
त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको थियो । सर्वोच्च अदालतको न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो । पतञ्जली आयुर्वेदले बेच्ने उत्पादनबाट गम्भीर रोग नीको हुने दावी गरेको आरोप थियो । उनले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरेका थिए ।
आइएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको प्रकरणमा याचिका दायर गरेको थियो । त्यसपछि अवहेलना सम्बन्धि कारबाही अगाडि बढेको थियो । त्यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनका लागि लगि बिना शर्त माफी मागेका थिए ।
पतञ्जलि आयुर्वेदले उत्पादन गर्ने औषधि बाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो। साथै उसले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरिएको थियो।
आईएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो। त्यसपछि अवहेलना मुद्दा अघि बढेको थियो।
यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनका लागि बिनासर्त लिखित माफी मागेका थिए।