७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बारामा विद्यालयबाट घर फर्किदै गर्दा १३ वर्षीया बालिकामाथि गरे दुई जना पुरूषले बलात्कार
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

बारामा विद्यालयबाट घर फर्किदै गर्दा १३ वर्षीया बालिकामाथि गरे दुई जना पुरूषले बलात्कार

बारा । बाराको निजगढ नगरपालिका–५ मा एक बालिकामाथि दुई जना पुरूषले बलात्कार गरेका छन् । स्थानीय विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकाले आफूलाई नचिनेका दुई मानिसहरुले बलात्कार गरेको परिवारसँग बताएपछि ईलाका प्रहरी कार्यालय निजगढले बालिकाको शारीरिक परीक्षण गरिएको छ ।

Nepal Himalayas Tours and Travel

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएको बताए ।

थप परीक्षणका लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी निरीक्षक कुशवाहाले बताएका छन् । कलैया अस्पतालबाट स्वास्थ्य परीक्षणको पूर्ण रिपोर्ट आएपछि घटनाबारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएकाे आशंकामा एक पक्राउ:

बालिकाले दिएको हुलियाको आधारमा घटनामा संलग्न भएकाे आशंकामा एकजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । फरार रहेकाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए । पक्राउ परेका व्यक्तिको प्रहरीले पहिचान खुलाएको छैन ।

मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकाेमा पुगेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button