४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मुल्य: अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५० हजार रुपैयाँ नाघ्यो - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचार

सुनको मुल्य: अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५० हजार रुपैयाँ नाघ्यो

चितवन। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। आज मंगलबार तोलामा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेर कीर्तिमान रचेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।

Nepal Himalayas Tours and Travel

अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २९ हजार २८५ रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४९२ रुपैयाँ रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button