४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मोरङको बेलबारीमा मृत हात्तीको छावा फेला, कारण भने खुल्न बाकी - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

मोरङको बेलबारीमा मृत हात्तीको छावा फेला, कारण भने खुल्न बाकी

चितवन। मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्तीको छावा मृतावस्थामा भेटिएको छ । वनमा हात्तीको छावा मंगलबार विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

Nepal Himalayas Tours and Travel

सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिए।

छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए। सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पुगेपछि मृत भेटिएको छावाको पोष्टमार्टम हुनेछ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०–१२ वटा हात्ती देखा परेको थिए । एकसाता यता बेलबारी आसपासमा जंगली हात्तीको बथान देखिरहेको छ ।

योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षीय जंगली हात्ती मृत फेला परेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button