३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विषाक्त खाना खाँदा बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

विषाक्त खाना खाँदा बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु

काठमाडौं । बाराको सिम्रौनगढमा विषाक्त खाना खाँदा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ ।

विषाक्त खाना (फूड प्वाइजन)को कारण सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो ।

Nepal Himalayas Tours and Travel

घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएका थिए ।
बिरामी भएपछि अस्पताल लगिएका उनीहरुको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार चिकित्सकहरुले उनीहरुको मृत्यु फुड प्वाइजनबाट भएको बताएका छन् । खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए ।

परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए ।


मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button