Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि
मुकुलले प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे सुझावमा के छ ? (पूर्णपाठ)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् ।
उनले सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर आफ्ना सुझाव पेस गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
‘मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपसिलबमोजिम सुझावहरू सम्माननीयसामु पेस गरेको छु,’ उनले लेखेका छन् ।
ढकालको सुझावमा प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याजपीडितको समस्या समाधान, संविधान संशोधनलगायत विषय समेटिएको छ ।
पूर्णपाठ: