४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अष्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना, पाइलटको मृत्यु - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्रवासप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

अष्ट्रेलियामा होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना, पाइलटको मृत्यु

चितवन। अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो । घाइते हुनेमा ८० वर्षिय बुद्ध, ७० वर्षीया महिला रहेको र उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको एम्बुलेन्स सेवाले जनाएको बीबीसीले उल्लेख गरेको छ । उनीहरुको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

हेलिकोप्टर छतमाथि खस्दा होटलमा ठूलो आगलागी भएको र होटलमा रहेको सयौँ पाहुनालाई तत्काल बाहिर निकाल्न सफल भएको होटल स्टाफले जनाएको छ । होटल वरपरका सडकहरू प्रहरीद्वारा घेराबन्दी गरिएको छ भने प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आपतकालीन स्थितिको घोषणा गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो ।

स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button