साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फोटोफिचर)
चितवन । साउनको अन्तिम सोमबार चितवन देवघाटमा भक्तजनको घुइँचो लागेको छ।
त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनहरू नेपालसहित भारतबाट समेत आएका छन्।
साउनको सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा–आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा देवघाट मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यसैगरी आज चितवनमा देवघाटसहित, महाकलेश्वोर शिवालय, काठमाडौँमा पशुपतिनाथ मन्दिरसहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
तस्बिरहरू :