११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्न खुला बहस - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्न खुला बहस

चितवन । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्न खुला बहस भएको छ ।

पार्टीभित्र एक नेतालाई अर्को नेताका विरुद्ध लडाएर सधैं पकड जमाउन सफल प्रचण्डलाई यसपटक भने दोस्रो तहका नेताहरुले चुनौति दिन थालेका छन् ।

Nepal Himalayas Tours and Travel

पार्टीका प्रभावशाली नेता (जनार्दन शर्मा ) प्रभाकारले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न स्थायी समिति बैठकमा खुलेरै सुझाव दिएका छन् ।

माओवादीको जारी स्थायी कमिटी बैठकमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारबारे लिखित प्रतिवेदन पेश गर्दै नेता शर्माले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई सुझाव दिएका हुन् ।

पार्टीमा २०४३ सालदेखि निरन्तर  नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’

अध्यक्ष प्रचण्डमाथि सरकार र पार्टीको नेतृत्व गर्दा परिवारवाद लादेको र जनयुद्धमा लडेका कार्यकर्ताहरुलाई बेवास्ता गरेको आरोप लागद्ये आएको सन्दर्भमा शर्माले पनि प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । साथै उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button