६ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
'सक्किगोनि'का कलाकार पुरुषोत्तम आचार्य जुवातास खेलिरहेका अवस्थामा पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य जुवातास खेलिरहेका अवस्थामा पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य पक्राउ परेका छन् ।

पुरुषोत्तम आचार्य ‘सक्किगोनि’मा प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको बताइएको छ ।

Nepal Himalayas Tours and Travel

पुरुषोत्तम आचार्य सँगै ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका प्रहरीले जनाएको छ । खालबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button