२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सचिवले १५ र मन्त्रालयले ३० दिनभित्र आफूले गरेका कामको विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्ने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

सचिवले १५ र मन्त्रालयले ३० दिनभित्र आफूले गरेका कामको विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्ने

चितवन । नेपाल सरकारका सचिवहरूले आफूले सम्पादन गरेका कामको विवरण पन्ध्र–पन्ध्र दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नु पर्ने भएको छ ।

सरकारी सेवालाई प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुशार सबै सचिवहरूलाई अवधि तोकेरै कामको प्रगति पेश गर्न पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।

Nepal Himalayas Tours and Travel

‘सचिवज्यूहरूले आफूले सम्पादन गरेका कामहरू १५ दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने छ’ ती स्रोतले भने, ‘यससँगै मातहत कार्यरत सहसचिवहरूले सम्पादन गरेका कामहरूको पनि सचिवज्यूले रिपोर्ट लिएर महिना भरी सम्पादित कामको विवरण एकुमुष्ठ रूपमा पठाउनु पर्नेछ ।’

सरकारलाई कुनै पनि हिसाबले पन्छिने छुट नभएकोले नागरिकहरूलाई सरकारी सेवाप्रति भरोसा जगाउन र प्रभावकारी बनाउन मन्त्रालयहरूलाई सक्रिय बनाउन लागिएको बताइएको छ ।

मन्त्रालयहरूलाई चलायमान बनाउन प्रधानमन्त्री ओलीले आफूले गर्न सक्ने कामको कार्य योजना बनाई २८ गतेभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिई सकेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button