२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बडिगाड पहिरो : ११ जनाको ज्यान लियो, ५० परिवारको बास उठायो - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

बडिगाड पहिरो : ११ जनाको ज्यान लियो, ५० परिवारको बास उठायो

चितवन। बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

Nepal Himalayas Tours and Travel

हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुःखेसो पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button