११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एमालेसँग विमतिका विषयमा चुप लागेर बस्दैनौँ : विश्वप्रकाश शर्मा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

एमालेसँग विमतिका विषयमा चुप लागेर बस्दैनौँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीचमा एमालेसँग सहमति गरेर गठबन्धन गरेपनि विगतमा भएका विमतिका विषयमा आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने चेतावनी पनि दिए ।

Nepal Himalayas Tours and Travel

‘अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरुलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ’ उनले भने, ‘एमालेसँगको विमतीलाई हामीले बुझ्नुपर्छ । हाम्रो पार्टी, विचार नै फरक हो, फरक, विगमतका विमतिका बिषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ ।

केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन । यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ ।’

उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय भनेपछि महासमितिले सहकार्य तोडेको सुनाए । ‘कांग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै कांग्रेस र माओवादीको गठबन्धन टुट्यो ।


त्यसबेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो– कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धनकसरी हुन्छ भन्नुभयो’ महामन्त्री शर्माले भने, ‘त्यसबेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौं, तपाईंले गम्भिर गल्ती गर्नुभयो, कांग्रेसले पार्टीले आफ्नो दस्तावेजमा के लेख्ने भन्नेकुरा तपाईंलाई सोधेर लेख्दैन भनेर ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button