१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ब्राजिलमा विमान दुर्घटना, ६२ यात्रु सवार सबैको मृत्यु
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

ब्राजिलमा विमान दुर्घटना, ६२ यात्रु सवार सबैको मृत्यु

चितवन। ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना भएकाे छ।

विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे।

Nepal Himalayas Tours and Travel

ब्राजिलको दक्षीणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरका लागि उडेको टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ।

दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो।

स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको पुष्टि गरेका छन्। भालिन्होस नगरपालिकाका अधिकारीहरूका अनुसार, विमानमा सवार ५८ यात्रु र ४ जना चालक दलका सदस्य सबैको मृत्यु भएको छ।

दुर्घटनापछि उद्धारका लागि ठूलो संख्यामा प्रहरी खटिएका छन् । उनीहरुले यात्रुहरुलाई अस्पताल लगिरहेका छन् ।

दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुला द सिल्भाले सार्वजनिक रुपमा सम्बोधन गर्ने कार्यक्रममा १ मिनेट मौनधारण गरेका थिए ।

साथै उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button