७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्राधिकरणले पठाएको अनावश्यक कागजात फिर्ता गर्दै लेखा समिति
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसूचना / प्रबिधि

प्राधिकरणले पठाएको अनावश्यक कागजात फिर्ता गर्दै लेखा समिति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएको अनावश्यक कागजजात फिर्ता गर्ने भएको छ ।

Nepal Himalayas Tours and Travel
टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मात्रै मागेकोमा प्राधिकरणले १ लाख पेजभन्दा बढी अनावश्यक कागजात पठाएको भन्दै समितिले फिर्ता गर्न लागेको हो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश दाहालले प्राधिकरणले पठाएको प्रतिवेदन समितिमा अध्ययन गर्न लगाएको र अनावश्यक कागजात फिर्ता गर्ने बताए । उनले समिति सबै कागजात राख्नका लागि प्राधिकरणको ढड्डा राख्ने ठाउँ नभएको समेत प्रतिक्रिया दिए ।

यसअघि समितिको बैठकले सबै उद्योगीको प्रोफाइलसहितको टीओडी डाटा मागेको थियो । तर, बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३० पोका कागजसहितको एक ट्रक कागज सार्वजनिक लेखा समितिमा पठाएका थिए ।

जसमा टीओडी डाटा एक पोका, लोड प्रोफाइलसहितको टीओडी डाटा तीन पोका, लगसिट २४ पोका, मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन, अदालतको फैसला एक पोका र २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल सम्बन्धी बिल रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button