७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सेन्ट्रल कलेजको १६ औं बार्षिकोत्सबको अवसरमा सेन्ट्रल टावर उद्घाटन, विभिन्न कार्यक्रम गरी मनाइँदै
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारशिक्षासफलताको कथास्थानीय तह

सेन्ट्रल कलेजको १६ औं बार्षिकोत्सबको अवसरमा सेन्ट्रल टावर उद्घाटन, विभिन्न कार्यक्रम गरी मनाइँदै

चितवन। चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउदै छ। उक्त कलेजमा वार्षिकोत्सवको अवसरमा अहिले रक्तदान कार्यक्रम भैरहेको छ र त्येसपछि अरु विभिन्न कार्यक्रम रहेको छ ।

Nepal Himalayas Tours and Travel

कलेजले १६औं वार्षिकोत्सवको अवसरमा साउन २५ गते विविध कार्यक्रम आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल वाईबी पौडेलले भरतपुर ओरालोस्थित कलेजको आफ्नै भवन सेन्ट्रल टावरमा भवनको उद्घाटनसँगै कार्यक्रमको औपचारिक उद्घाटन गर्ने बताउनुभयो । त्यसैगरी, सेन्ट्रल ग्रुपद्वारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि शुक्रबार नै उद्घाटन गरिने पौडेलले बताउनुभयो ।

सेन्ट्रल मोडल कलेजले यसवर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ । अर्को वर्ष मास्टर डिग्रीको कक्षा पनि सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो । यस्तै निकट भविष्यमा नै कक्षा १ देखि १२ सम्मको कक्षा पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै चितवन नवलपुर र तनहुँका दुई सय भन्दा बढी फुटबल, क्रिकेट तथा भलिबल क्लबहरुलाई खेल सामग्री हस्तान्तरण गर्ने पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार नै चर्चित कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुनेछ । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आइडल विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काको प्रस्तुति रहने बताइएको छ ।

वार्षिक साधारण सभा, सेन्ट्रल कलेजसँग सम्बन्धित म्युजिक भिडियो र पत्रकार र सञ्चार माध्यमलाई सम्मान, सामाजिक संघ संस्थाहरुलाई सम्मानलगायतका कार्यक्रम पनि हुने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button