३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालको हवाई सुरक्षा कमजोर भएको निष्कर्ष : छानबिन गर्न निर्देशन
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

नेपालको हवाई सुरक्षा कमजोर भएको निष्कर्ष : छानबिन गर्न निर्देशन

चितवन। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षा कमजोर रहेको भन्दै त्यसको छानबिनका लागि निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने गरे पनि त्यसबाट आएको सुझाव कार्यान्वयन हुन नसक्दा दुर्घटना थप बढिरहेको भन्दै सुधारका लागि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।

Nepal Himalayas Tours and Travel

साथै १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न समेत पर्यटन समितिले निर्देशन दिएको छ ।

‘पछिल्लो समयमा निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटना पिच्छे छानबिन समितिहरु बन्ने गरेका भएता पनि समग्र हवाई सुरक्षाको सु्धार नआउनुको सट्टा झन कमजोर बन्दै गइरहेको देखिएकाले नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने,’ बैठकको निर्णयमा भनिएको छ ।

त्यसैगरी यसअघिका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेस भएका अध्यय प्रतिवेदनको अवस्थाबारे जानकारी दिन समेत निर्देशन दिएको छ ।

गत असार ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको हवाई दुर्घटना भएको थियो । १८ जनाको ज्यान जानेगरी भएको हवाई दुर्घटनाको घाउ सेलाउन नपाउँदै बुधबार नेपालमा थप अर्को दुर्घटना भयो ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको ज्यान गएसँगै नेपालको हवाई सुरक्षामाथि थप चुनौती थपिएको छ ।

बैठकले २०८० साल पुस ५ गते हवाई सुरक्षाबारे सरकारलाई समितिले दिएको निर्देशन कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि स्मरण गराएको छ ।

साथै नेपाल हवाई नीति २०६३ देखि कार्यान्वयनमा आएपनि हवाई उड्डयन सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।

समितिले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा पर्यटन मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो ।

छलफल तथा निर्णय :

नेपालको हवाई सुरक्षा कमजोर
नेपालको हवाई सुरक्षा कमजोर

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button