७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दशरथ रंगशालालाई एसियाली फुटबल महासङ्घ द्वारा अन्तर्राष्ट्रिय मान्यता - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

दशरथ रंगशालालाई एसियाली फुटबल महासङ्घ द्वारा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको छ । यो निर्णयपछि नेपाली खेल प्रेमीहरूले फेरि रंगशालामा अन्तर्राष्ट्रिय खेलहरूको प्रत्यक्ष आनन्द लिन पाउने भएका छन् ।

Nepal Himalayas Tours and Travel

राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग एएफसीको आधिकारिक जवाफ माग गरेपछि दशरथ रंगशाला एएफसीको मापदण्डअनुसार योग्य रहेको प्रतिवेदन पाएको हो । केही समयदेखि एएफसीले विभिन्न प्रश्नहरू उठाउँदै दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि अयोग्य भनेको थियो । यो प्रतिवेदन प्राप्त भएपछि गत चैत्र महिनादेखि परिषद्ले खेल मैदानको रेखदेख र संरक्षणमा ध्यान दिन थालेको थियो ।

यसै सन्दर्भमा, एएफसीका प्रतिनिधिले साउन ९ गते दशरथ रंगशालाको निरीक्षण गरेपछि रंगशालाले मापदण्ड पूरा गरेको प्रतिवेदन दिएको छ । यो प्रतिवेदनले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य ठहर गरेको छ ।

रंगशालाको योग्यताको पुष्टि भएपछि साउन २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । गत चैत्रमा एएफसीले रंगशालालाई अयोग्य ठहर गरेपछि नेपालमा आयोजना हुनुपर्ने विश्वकप फुटबलको दोस्रो चरणको नेपाल र बहराइनबीचको खेल बहराइनमै खेलाइएको थियो ।

जेठ २४ गते यूएईसँगको खेल साउदीमा सम्पन्न भएको थियो । लामो समयदेखि एन्फाले रंगशालाको संरक्षण गर्दै आए पनि एएफसीले प्रश्न उठाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले चैत्र २०८० देखि परिषद्ले नै रंगशालाको संरक्षण र मर्मतको जिम्मा लिने निर्णय गरेका थिए ।

रंगशालाले पुनः मान्यता पाएपछि, सदस्य सचिव घिसिङले नेपाली दर्शकहरूले फेरि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउनेमा खुशी व्यक्त गरेका छन् ।

उनले रंगशालाको रेखदेख र संरक्षणमा राखेपले विशेष मेहनत गरेको भन्दै आगामी दिनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button