५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित यी हुन् ज्यान गुमाउने पाँच जना - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित यी हुन् ज्यान गुमाउने पाँच जना

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकामा आज (बुधबार) दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित पाँच जनाकै ज्यान गएको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र एक महिला छन् ।

Nepal Himalayas Tours and Travel

बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो । हेलिकोप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । थियो ।

नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौंबाट  रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरण स्रोत जनाएको छ । हेलिकोप्टर नुवाकोटको शिवपुरीमा–७  स्थित सूर्य चौरमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी तिलक भारतीले हेलिकोप्टरको पुच्छर बाहेक अन्य सबै भाग जलेको अवस्थामा भेटिएको जानकारी दिएका छन् ।

 

यस्तो छ हेलिकप्टर दुर्घटनास्थल (तस्वीरहरू ):

nuwakot हेलिकप्टर दुर्घटनास्थल
nuwakot हेलिकप्टर दुर्घटनास्थल

nuwakot हेलिकप्टर दुर्घटनास्थल

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button