३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनको नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

चितवनको नाग्दीखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

Nepal Himalayas Tours and Travel

प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउन करिब २-३ घण्टा लाग्ने प्रहरीले बताएको छ। राजमार्ग खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पुगेको छ । आज चितवन लगायत देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button