११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाल छिर्न खोजेका बंगलादेशी नागरिकहरुलाई फर्काइए - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्रवासबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

नेपाल छिर्न खोजेका बंगलादेशी नागरिकहरुलाई फर्काइए

चितवन। मोरङको रानी नाकाहुँदै नेपाल छिर्न खोज्ने एक बंगलादेशी नागरिकलाई नेपाली सुरक्षाकर्मीले भारत तिरै फर्काइदिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई मंगलबार दिउँसो नेपाल प्रवेशमा रोक लगाउदै भारत फिर्ता पठाएको हो ।

Nepal Himalayas Tours and Travel

कोशी प्रदेश प्रहरी कार्यालयका एक अधिकृतका अनुसार ती बंगालदेशी नागरिक भारतको जोगवनी हुँदै रानी नाकाबाट नेपाल छिर्ने प्रयासमा थिए । त्यसको सुइको पाएपछि प्रहरीले ४६ वर्षीय उत्तम सर्कारलाई प्रवेशमा रोक लगाएको हो ।

बंगलादेशमा राजनीतिक संकट चुलिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छाडेर भारत पुगेकी छन् । लगत्तै बंगलादेशको सेनाले छिट्टै अन्तरिम सरकार गठन गर्ने घोषणा गरिसकेको छ । बंगलादेशको विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी) की नेतृ खालिदा जिया पनि जेलमुक्त भएकी छिन् । ७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो ।

बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपाल सरकारले पनि सीमा क्षेत्रबाट गैरकानुनी घुसपैठसम्मकाे असर नेपालसम्मै देखिने आकलनसहित सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई सोमबार नै निर्देशन दिएको थियो ।

गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाई गर्नुका साथै आवागमनमा निगरानीदेखि सम्भावित घुसपैठ रोक्न नियमितबाहेक अतिरिक्त सुरक्षा जनशक्तिसमेत परिचालन गरिसकेका छन् । मंगलबार पनि प्रहरी र सशस्त्रको संयुक्त जाँचका क्रममा बंगाली नागरिक सर्कार गैरकानुनी रुपमा नेपाल छिर्न खाजेको पाइएको थियो ।

नाकामा चेकजाँच गर्ने क्रममा उत्तमको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएपछि फिर्ता पठाएको उनले जानकारी दिए ।

कार्कीका अनुसार प्रहरीले नाकामा उच्च सतर्कता अपनाएको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button