११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौं आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार, तीनजना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

काठमाडौं आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार, तीनजना पक्राउ

काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भएका १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका–४ घर भएका २६ वर्षीय कुमार पण्डित र दार्चुलाको बाँज घर भएका १९ वर्षीय प्रेम सिंह महरा छन् ।

Nepal Himalayas Tours and Travel

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट एक थान खुकुरी बरामद भएको छ ।

आइतबार दिउँसो ४ बजेतिर आलोकनगरस्थित सौराह होटल अगाडिको सडकमा कैलालीको धनगढी नगरपालिका–२ घर भएका २२ वर्षीय मनत केसीमाथि उनीहरुले खुकुरी प्रहार गरेको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button