Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते

चितवन। धादिङमा आज बिहान गुडिरहेको माइक्रो बसमाथि एकासी रुख खसेको छ । धादिङबेंसीबाट काठमाडौं जादै गरेको उक्त माइक्रो बसमाथि रुखको हाँगा खस्दा ७ जना यात्रु घाइते भएका छन् । घटना पश्चात घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।
धादिङबेंसीबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार यात्रुहरु मद्धे ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको भने छैन ।
माइक्रो बसमाथिरुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।