१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बंगलादेशमा फेरि हिंसा भड्किँदा कम्तिमा ९० जनाको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

बंगलादेशमा फेरि हिंसा भड्किँदा कम्तिमा ९० जनाको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

चितवन । बंगलादेशमा फेरि सरकार विरोधी प्रदर्शन सुरु भएको छ । केही समय अघि आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा मारिएका व्यक्तिहरुको न्यायको माग गर्दै प्रदर्शनकारीले पुनः आन्दोलन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

Nepal Himalayas Tours and Travel

आइतबार विद्यार्थीहरूले प्रदर्शन गर्ने क्रममा प्रहरी र सत्ताधारी पार्टीका सदस्यहरूसँग उनीहरूको झडप भएको थियो । उक्त झडपले हिंसात्मक रूप लिएको हो । प्रदर्शनकारीहरूले एक प्रहरी चौकीमा आक्रमण गर्दा १३ जना प्रहरीको मृत्यु भएको छ ।

बंगलादेशमा सरकारले आरक्षणको विरोधमा फेरि हिंसा भड्किएपछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। थप दुईजनाको ज्यान गएपछि इन्स्टाग्राम, टिकटक, वाट्सएप र यूट्यूब जस्ता सञ्जालमा प्रतिबन्ध लगाएको हो।​

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा मागेका छन् । प्रदर्शनक नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासलगायत प्रहार गरेको छ । तर, प्रदर्शन झन् उग्र बन्दै गएको छ ।

प्रधानमन्त्री शेख हसिनाले माफि मागे सबै प्रदर्शन अहिले नै समाप्त हुने तर उहाँले त्यसो नगरे प्रदर्शन थप चर्किने प्रदर्शनकारीहरुले बताएका छन् । त्यस्तै प्रदर्शनकारीहरुले अब आउने निर्वाचन शेख हसिना र अबामी लिगको नेतृत्वमा नगर्ने समेत आवज उठाएका छन् ।

बंगलादेशमा प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले गत महिनादेखि विद्यार्थी आन्दोलनको सामना गरिरहेको छ । यी विरोधहरू तत्काल रोकिने कुनै संकेत देखिएको छैन । देशभरि विरोध प्रदर्शनका क्रममा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

हिंसा भड्किएको कारण प्रधानमन्त्री हसिनाले ठूलो संकटको सामना गर्नुपरेको छ । हिंसात्मक प्रदर्शनलाई निरुत्साहित गर्न सरकारी अधिकारीहरूले इन्टरनेट बन्द गरेका थिए भने गोली हान्ने आदेशसहित सरकारले आइतबार बेलुका राष्ट्रव्यापी कर्फ्यूको आदेश दिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button