१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतमा चालक निदाएपछि कार दुर्घटना, ७ जनाको मृत्यु, २५ जना घाइते
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

भारतमा चालक निदाएपछि कार दुर्घटना, ७ जनाको मृत्यु, २५ जना घाइते

भारत। भारतको उत्तर प्रदेशको इटावामा बस र कार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

गएराति पौने १ बजे आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो।

Nepal Himalayas Tours and Travel

इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो। दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको एसएसपी बर्माले बताएका छन्।

कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो। बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि एसएसपी बर्माले बिबिसीसँग बताएका छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button