५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्दै गर्दा बाघको आक्रमणबाट एक जना घाइते
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्दै गर्दा बाघको आक्रमणबाट एक जना घाइते

चितवन। चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै रहेको नारायणी किनारमा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

चितवन भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्न निस्किएका एक व्यक्ति बाघको आक्रमणबाट घाइते भएका हुन्। बिहान करिब सवा ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।

बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरको टोली र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । अक्रमण गरेको बाघ नारायणी नदी किनारा नजिकै झाडिमा लुकेको र खोजिका लागि जिल्ला बन कार्यालयबाट हात्ती सहित कर्मचारी खटिएका छन् । झाडिमा लुकेको अनुमान गरिएकाे बाघ अहिलेसम्म फेला भने परेकाे छैन ।

चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुलाई बाघ नियन्त्रणका लागि डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button