४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

काठमाडौं । नेपालको महिला जोडी काभा बिच भलिबल च्याम्पियनसिपकाे च्याम्पियन बनेको‌ छ।

भुटानमा आज (शनिबार) सम्पन्न काभा बिच महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ ।भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै काभा बिच  च्याम्पियन बनेको हो । नेपालले उज्वेकिस्तान ‘ए’ टिमलाई हराउँदै उपाधि उचालेको हो ।

Nepal Himalayas Tours and Travel

नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टिमलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

नेपालले पहिलो सेट २१–१७ ले जितको थियो भने दोस्रो सेटमा अझ सुधारिएको प्रदर्शन गर्दै २१–१४ अंकले जित निकाल्यो । नेपाल प्रतियोगिताभर अपराजित रह्यो । नेपाली महिला टिमले लगातार पाँच खेल जितेको हो । समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

शनिबारै नेपाली टिम सेमिफाइनलमा उज्वेकिस्तानको बी टिमलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । समूह चरणका तीनवटै खेलमा पनि नेपाल अपराजित रहेको थियो । यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दै छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button