२८ असार २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चट्याङले एमप्लिफायर बिग्रिंदा भरतपुर अस्पतालमा एमआरआई सेवा बन्द
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसूचना / प्रबिधिस्थानीय तहस्वास्थ्य

चट्याङले एमप्लिफायर बिग्रिंदा भरतपुर अस्पतालमा एमआरआई सेवा बन्द

चितवन । चितवनको भरतपुर-१० मा रहेको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिन गएको थियो ।

Nepal Himalayas Tours and Travel

अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको र उक्त चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले जानकारी दिनु भयो। ‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा.पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’

भरतपुर अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले बताए ।

जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।

एमआरआई कस्तो मेडिकल उपकरण हो ?

एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो । एमआरआईको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो ।

कस्तो अवस्थामा प्रयोग हुन्छ ?

शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी एमआरआईको प्रयोग हुन्छ ।

– मेरुदण्ड, हाडजोर्नी र मुटुसँग सम्बन्धित रोग स्पष्ट रुपमा पहिचान गर्न

– स्तन क्यान्सरको जोखिम पत्ता लगाउन

– मस्तिष्क समस्याहरू (पक्षघातपछि रगत नपुगेर क्षति पुगेको स्थानहरु हेर्न, छारेरोग, लगातार टाउको दुखाइ कारण) पत्ता लगाउन

– पाठेघर र कलेजोको क्यान्सर निदान गर्न

– बाँझोपन उपचार गराइरहेका महिलाको गर्भाशय असामान्यता पत्ता लगाउन

– एन्डोमेटियोसिसका महिलामा दुखाइको कारण मूल्यांकन गर्न

– शरीरका विभिन्न भागमा अल्सर, ट्युमर वा अन्य रोगको निदान गर्न

एमआरआईको परीक्षण प्राविधिकको निगरानीमा हुन्छ । जसलाई पछि रेडियोलोजिस्टले रिपोर्टिङ गर्छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button