४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उपप्रधानमन्त्री सिंह : आर्थिक परिवर्तनका लागि कांग्रेस-एमालेको सरकार
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

उपप्रधानमन्त्री सिंह : आर्थिक परिवर्तनका लागि कांग्रेस-एमालेको सरकार

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्। शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

Nepal Himalayas Tours and Travel

यसअघि छिटोछिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाई थियो । ‘राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ’ उपप्रधानमन्त्री सिंहले भने ‘जिम्मेवारी ठूलो छ । त्यसमा तपाईंहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।’

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button