७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रोल्पा पहिरो अपडेट : पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी मृत फेला
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

रोल्पा पहिरो अपडेट : पहिरोले घर पुरिँदा हजुरआमा र नातिनी मृत फेला

रोल्पा। पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा पहिरोमा पुरिएर एकै घरका हजुरआमा र नातिनी दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पुरिएर ज्यान गुमाउनेमा हजुरआमा र नातिनी हुन् । शुक्रबार राति सुनछहरी गाउँपालिका ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको छ ।

Nepal Himalayas Tours and Travel

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । प्रहरीका अनुसार शुक्रबार सुनछहरी–४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो । अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो ।

घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो । देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथिबाट आएको पहिरोमा पुरिएको थियो ।

देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ । मृतक वृद्धालाई अघिल्लो दिनमा र नातिनीलाई अर्को दिन बिहान भेट्टाइएको हो । घटनास्थलमा उद्धारका लागि पोबाङस्थित प्रहरी कार्यालयबाट थप प्रहरी परिचालित गरिएको थियो । घटनास्थल सदरमुकाम लिवाङबाट करिब ५० किलोमिटर पूर्वमा पर्छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button