यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, अमेरिकी डलर सर्वाधिक महँगो

चितवन, साउन १९। नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४६ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ २३ पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ७२ र बिक्रीदर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा थियो।