२७ असार २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महोत्तरीमा विद्युत अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसूचना / प्रबिधिस्थानीय तह

महोत्तरीमा विद्युत अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम

चितवन। महोत्तरीमा विद्युत प्राधिकरणले पटक–पटक लाइन काटेपछि व्यापारीहरु आन्दोलित भएका छन ।

पटक–पटक लाईन काट्ने र लाईन दिएता पनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरुले पूर्व–पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।

Nepal Himalayas Tours and Travel

स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिद्युत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । शनिबार व्यापारीहरुले यो विषयमा उद्योग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् ।

छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा र समस्या समाधान नभएसम्म चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले वताए ।

व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए । ‘हामीले लाईन काटेका हैंनौ ।

ढल्केवर प्रशारण लाईनबाट पूर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ’ प्रमुख झाले भने, ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोप्रति गम्भीर छौं ।’

विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button