Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह
कांग्रेसले बुझायो कर्णाली सरकारमा जाने चार मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली सरकारमा जाने चार मन्त्रीको नाम बुझाएको छ । कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो ।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।
केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेपछि कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।
कर्णालीमा आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी रहेका छन् ।