२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुग्ध किसानको बक्यौता रकम २ अर्ब अब तिर्छौँ : कृषिमन्त्री अधिकारी
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तह

दुग्ध किसानको बक्यौता रकम २ अर्ब अब तिर्छौँ : कृषिमन्त्री अधिकारी

चितवन। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि दुग्ध किसानको बक्यौता रकम तिर्ने बताएका छन् । असार मसान्तसम्म डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब ४८ करोड थियो । साउन तेस्रो सातासम्म आइपुग्दा दुग्ध किसानको बक्यौता रकम झन्डै २ अर्ब पुगेको छ ।

Nepal Himalayas Tours and Travel

डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य थालेको मन्त्री अधिकारीले बताए । उक्त बक्यौता रकम तिर्न डीडीसीले अर्थ मन्त्रालयसँग गुहार माग्दै आएको छ । उसले सस्तो ब्याजदरमा ६० करोड ऋण माग्दै आएको छ ।

किसान र संस्था बचाउन मन्त्रालयले जे पनि गर्न तयार भएको उनले बताए । सुधार गर्नकै लागि मन्त्रालयका सहसचिवलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिएको उनले बताए ।

डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । तर, ती किसानले दूध बेचेको पैसा पाएका छैनन् ।

‘ऋण तिर्नका लागि सरकारसँग पनि गुहार मागिराखेका छौं । मौज्दात रहेको दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गर्नुपर्छ भन्नेमा लागेका छौं । चाडबाड आउँदै छ, सस्तोमा बिक्री गर्छौं । स्वदेशी बजारसँगै अन्यत्रको पनि बजार खोज्छौं,’ मन्त्री अधिकारीले भने, ‘केही समयपछि किसानको समस्या सामाधान हुन्छ ।’ किसान र संस्था बचाउन मन्त्रालयले जे पनि गर्न तयार भएको उनले बताए । सुधार गर्नकै लागि मन्त्रालयका सहसचिवलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिएको उनले बताए ।

डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । तर, ती किसानले दूध बेचेको पैसा पाएका छैनन् । डीडीसीका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले चालु आर्थिक वर्षबाट खर्च कटौती गर्ने बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button