७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्री ओली थाइल्याण्ड र अमेरिका जाँदै
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशप्रवासमुख्य समाचार

प्रधानमन्त्री ओली थाइल्याण्ड र अमेरिका जाँदै

चितवन। प्रधानमन्त्री ओली आफ्नो पहिलो विदेश भ्रमण थाइल्याण्डबाट गर्ने भएका छन् । चौथो पटक प्रधानमन्त्री नियुक्त भएपछि उनी पहिलोपल्ट विदेश यात्रामा निस्कने तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो महिना थाइल्याण्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन् । ओली निकट सरकारी स्रोतका अनुसार उनको भ्रमणको तयारी भइरहेको छ ।

Nepal Himalayas Tours and Travel

उनी पहिला थाइल्याण्ड भ्रमण सकेर त्यतैबाट अमेरिका जाने सम्भावना छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्याण्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन् ।

सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ । यसबीच आकस्मिक रूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्री ओलीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ ।

थाइल्याण्डको राजधानी बैंककमा सेप्टेम्बरको पहिलो साता छैटौं बिमस्टेक शिखर सम्मेलन आयोजना हुँदैछ । शिखर सम्मेलन सम्भवतः सेप्टेम्बर ४ मा सुरु हुनेछ । यद्यपि मिति तय भइसकेको छैन ।

बिमस्टेक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सदस्य राष्ट्रका अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए ।

यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक सन् २००२ मा थाइल्याण्डको औपचारिक भ्रमण गरेका थिए भने पूर्व युवराज पारस सन् २००३ मा थाइल्याण्डको अध्ययन भ्रमण गरेका थिए ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्रसंघको ७९ औं महासभा हुने भएकाले थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्ने छन् ।

सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button