७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५ जना मृत्यु,५० जना बेपत्ता
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५ जना मृत्यु,५० जना बेपत्ता

चितवन । भारतको हिमाचलमा भीषण बाढी पहिरोमा ५० जना भन्दा बडी बेपत्ता भएका छन् ।
लगातार वर्षापछि आएको भीषण बाढी पहिरोमा परी ५० जना जना भन्दा बडी बेपत्ता भएका हुन् ।

Nepal Himalayas Tours and Travel

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ।

himachal pradesh
himachal pradesh

भारतको हिमाचलमा मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको सङ्ख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ ।

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button