२६ कार्तिक २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे दुई करोड, मोदीको शपथमा २० लाख  खर्च
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थव्यवस्थाताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा साढे दुई करोड, मोदीको शपथमा २० लाख  खर्च

काठमाडौं । राष्ट्रपति पौडेलको युरोप भ्रमणमा झण्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति पौडेलको युरोप भ्रमणमा भएको दुई करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

Nepal Himalayas Tours and Travel

राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्याण्ड प्रस्थान गरेका थिए । उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन् ।

उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झण्डै साढे दुई करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।

मोदीको शपथमा सहभागी नेपाली टोलीको खर्च साढे २० लाख 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको शपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधि मण्डलले झण्डै साढे २० लाख  खर्च गरेको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए ।

२७ जेठ २०८१ का दिन प्रचण्ड मोदीको सपथ ग्रहण समारोहमा भाग लिन दिल्ली गएका थिए । सो क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता समेत गरेका थिए । अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई २० लाख ४० हजार रुपैयाँ खर्च भुक्तानी गर्ने प्रयोजनका लागि अख्तियारी प्रदान गरेको जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button