११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताएकन छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Nepal Himalayas Tours and Travel

“घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, पालिका तहसम्म यसको विस्तार हुनु हो । रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई अझै विस्तार गर्न सरकार र नीति क्षेत्रबीच सहकार्य हुन आवश्यक छ”, अर्थमन्त्री पौडेलले भने, “सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यका साथ काम गरिरहेको छ ।”

सरकारले सबै खालका उद्योग–व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्वलगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्म रूपमा अध्ययन गरिहेको उल्लेख गर्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी–व्यवसायीबाट प्राप्त रायसुझावलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग तथा तिनका लगानीकर्ता अहिले प्रताडित अवस्थामा रहेको उल्लेख गर्दै २०७२ सालको विनाशकारी ‘गोर्खा भूकम्प’ र त्यसपछिको कोरोना महामारीका कारण अधिकांश साना तथा घरेलु उद्योगको अवस्था दयानीय रहेकाले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

उद्योगीहरु छरपस्ट अवस्थामा सबै ठाउँमा रहेको भन्दै उनले भने– “पालिकामा घरेलु उद्योग ग्राम बनाउने भनेर अर्थमन्त्रालयले बजेट पनि विनियोजन ग¥यो तर कार्यान्वयन हुन सकेको छैन । त्यसलाई गति दिनुपर्ने अवस्था छ ।”

पूँजी पहुँचको हिसाबले बैंकिङ क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भन्दा भन्दै महासंघका निवर्तमान अध्यक्ष गिरीले एसएमई कर्जा प्रभावकारी बन्न नसकेको र बैंकले पनि आकर्षक ढंगले लगानी गर्न नसकेको अवस्था रहेको बताए ।

लगानी सुरक्षण कोषलाई कसरी व्यवहारीक बनाउने र त्यसले लघु घरेलु तथा साना उद्योगमा जाने ऋण प्रवाहलाई कसरी सन्तुलित बनाउन सकिन्छ भन्नेतर्फ अर्थ मन्त्रालयको आवश्यक निर्देशन होस भन्ने महासंघको चाहना रहेको उनले बताए ।

सो अवसरमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, महासंघ बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाई, काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, महासंघका कार्यकारिणी सदस्य विनोददेव पन्त, नारायण कार्कीलगायतको सहभागिता रहेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button