६ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

साइप्रस । साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ ।

साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपालीमाथि छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अफ्रिकी मूलका ती व्यक्तिलाई स्थानीय सुपरमार्केटको क्याफ्टेरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

उक्त सहरको सीआईडीले शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेपछि उनीहरू सुपरमार्केटको क्याफ्टेरियामा फेला परेका हुन् । उनीहरूको नाम भने खुलाइएको छैन ।

घाइते नेपालीमध्ये एकजना ३३ वर्षिय युवकलाई काँधका दुई स्थानमा आइतबार छुरा प्रहार भएको थियो । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । अर्का २५ वर्षिय घाइते युवक आफैं अस्पताल गएको जनाइएको छ । घाइते नेपालीको पहिचान खुलाइएको छैन ।

ती मध्ये ३३ वर्षिय युवकको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको समाचारमा उल्लेख छ । उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । आक्रमणको कारण खुलाइएको छैन । एजेन्सी

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button