२६ कार्तिक २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्‍ने उद्देश्यका साथ लागेका छौं : अध्यक्ष प्रचण्ड - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्‍ने उद्देश्यका साथ लागेका छौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ८४ को निर्वाचनमा एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् ।

आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरणसहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् ।

Nepal Himalayas Tours and Travel

उनले भने, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’ १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको उनले दाबी गरे ।

सरकार छाड्दा आफूहरु विजेता जस्तो र सरकारमा जानेहरु हारेकाहरु जस्तो देखिएको भन्दै उनले भने, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको जनतालाई पनि बुझाउन जरूरी छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button