३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सौर्यका क्याप्टेन मनिष भन्छन् : सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासप्राविधिक समाचारबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्वास्थ्य

सौर्यका क्याप्टेन मनिष भन्छन् : सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

काठमाडौँ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनिष रत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन्।

क्याप्टेन मनिष शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ।

Nepal Himalayas Tours and Travel

‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन्।

दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन मनिष शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ।

घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा। थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए।

अस्पतालकी निर्देशक डा.थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन्।

क्याप्टेन मनिष शाक्य सामान्य कुराकानी गर्न सक्छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

‘करिब ५०-१०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका थिए ।

शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button