१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सौर्य एयरको विमान दुर्घटनाः जाँचबुझ आयोग गठन, शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

सौर्य एयरको विमान दुर्घटनाः जाँचबुझ आयोग गठन, शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

काठमाडौँ। सरकारले भोलि अर्थात् साउन १० गते बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।

बुधार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । बैठकले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारमा समवेदना र घाइते पाइलट मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Nepal Himalayas Tours and Travel

सौर्य एयरको जहाज आज काठमार्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै ठिक ११ बजेर १३ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो।

सिसी टिभी फुटेज हेर्दा जहाज बायाँ मोडिएर ढल्किएको र एउटा पंखा जमिनमा जोतिँदै केही पर पुगेर खाल्डोमा खसेको देखिन्छ।

भिडियो हेर्दा उडान गर्ने बित्तिकै जहाजले जति उचाइ लिनुपर्ने हो त्यो लिन सकेको देखिँदैन। त्यस विषयमा प्राविधिक कारण अनुसन्धानपछि खुल्दै जाला तर एउटा गम्भीर प्रश्न खडा भएको छ, त्यो के भने मर्मतका लागि विमान किन पोखरा लगिँदै थियो?

देशका सबै विमानस्थलमा रहेका जहाजहरू मर्मत गर्नुपरे काठमाडौँ ल्याइन्छ। कुनै विमानमा केही खराबी आए बीचैबाट मोडेर काठमाडौँ नै फर्काउने चलन छ किनभने, हरेक हिसाबले काठमाडौँमा सुविधायुक्त, दक्ष प्राविधिक र पर्याप्त श्रोतसाधन छ।

तर सौर्य एयरको ९-एन एएमई जहाज भने मर्मतका लागि भनेर काठमाडौँ छाडेर पोखरा लान खोजियो। किन? अम-सर्वासाधारणको प्रश्न पनि यही छ। जहाज लैजाने/नलैजाने विषयमा उनीहरूबीच गम्भीर छलफल भएको हुनुपर्छ, त्यो पनि अनुसनन्धानपछि नै खुल्ने विषय हो।

जहाज दुर्घटनामा पाइलट मनिषरत्न शाक्यबाहेक सबै १८ जनाकै मृत्यु भएको छ। दुर्घटनापछि विमान दुई टुक्रा भएको छ। अघिल्लो भागमा आगोले नभेट्दा पाइलट बाँच्न सफल भए। मृत्यु हुने सौर्य एयरकै कर्मचारी र इन्जिनियर तथा उनका आफन्तहरू रहेका जनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले भने पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको दावी गरिन्।

“जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भनेकी छिन्, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न ल्याउन लागिएको हो।”

मन्त्रिपरिषदको आकस्मिक बैठकले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ।

आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वारचन, पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। यस्तै एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई आयोगको सदस्य सचिव तोकिएको छ।

आयोगलाई जाँचबुझ गर्न ४५ दिनको कार्यादेश दिइएको छ। आगामी दिनमा दुर्घटना हुन नदिन जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राविधिकले नियमित अनुगमन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button